Biratnagar, Morang, Nepal
२० माघ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

‘कमरेड हिजो र आज’ को लोकार्पण

उद्‌घोष सम्वाददाता
२० माघ २०८१, आइतवार

Advertisement

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले लेखेको पुस्तक ‘कमरेड हिजो र आज’ को शनिबार विराटनगरमा भव्य समारोहका बीच लोकार्पण गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त पुस्तकको लोकार्पण गरेका हुन् । 

प्रगतिशील लेखक संघ मोरङको आयोजनामा नेता घिमिरेद्वारा लिखित उक्त पुस्तकले इतिहासलाई सम्झाउने काम गरेको सभामुख घिमिरेले बताए । 

पुस्तकका माध्यमबाट हरेक व्यक्तिले भोलि के काम गर्ने भनेर पनि बाटो देखाउने काम भएको सभामुख घिमिरेले बताए । 

उनले मुलुकमा निरंकुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापनामा नेता घिमिरेसहित यस क्षेत्रका आमजनता, नेताहरू एवं पार्टीका कार्यकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उक्त अवसरमा पुस्तक विमोचन गरिनुका साथै पुस्तकमा उल्लेख गरिएका पात्रहरूलाई सम्मान समेत गरिएको हो । 

एमालेकी उपाध्यक्ष एवं वागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सम्मानित गरिएको थियो । 

सभामुख घिमिरेले उपाध्यक्ष शाक्यसहित १२ जना पुस्तकका मुख्य पात्रहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानित हुनेहरूमा विराटनगर महानगरपालिका–१ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्बे, स्व. रमाप्रसाद रिजाल, कुमार निरौला, लक्ष्मीप्रसाद उप्रेती, राधादेवी कामत, नारायणप्रसाद आचार्य, तारानाथ घिमिरे र मोहनकुमारी घिमिरे छन् ।

सम्मानित भएपछि शाक्यले मुलुकमा गणतन्त्रलाई अझ बलियो बनाउनुपर्ने बताइन् । उनले आफ्नो बा“की जीवन जनताको समृद्धि र पार्टीको संगठन सुदृढीकरणमा समर्पित गर्ने बताइन् ।

पुस्तकका लेखक घिमिरेले लोकतन्त्र स्थापनाका लागि भएको तत्कालीन आन्दोलनमा झापा, मोरङ र सुनसरी जिल्लामा आफूसँग सम्बन्ध जोडिएका चारसय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको  बताए ।

उनले वि.सं. २०३६ देखि ०४६ सालसम्मको आन्दोलनलाई पुस्तकमा समेटिएको बताए ।

कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई, विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गर्दै आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

पुस्तक विमोचन कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतले नेपालको बामपन्थी आन्दोलन र पुस्तकका सन्दर्भहरूबारे चर्चा गरेका थिए ।

View : 51

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved