विराटनगर । महिला जागृति तथा वृद्धाश्रमलाई लायन्स क्लब अफ विराटनगर एक्टिभले भवन निर्माणका लागि दुई लाख १६ हजार रुपैयाँ प्रदान गरेको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–१ पुष्पलालचोक स्थित वृद्धाश्रममा आयोजित एक कार्यक्रममा लायन्स क्लब अफ विराटनगर एक्टिभका अध्यक्ष शुभाषचन्द्र यादवको नेतृत्वमा गएको टोलीले रकम हस्तान्तरण गरेको हो ।
नेपालमा लायन्स क्लब स्थापना भएको ५४ औं स्थापना दिवसको अवसरमा लायन्स सप्ताह कार्यक्रमअन्तर्गत शनिवार पहिलो दिन महिला जागृति तथा वृद्धाश्रमको भवन निर्माणका लागि लायन्स लिर्डसहरूबाट संकलन गरिएको रकम हस्तान्तरण गरेको अध्यक्ष यादवले बताए ।
महिला जागृति तथा वृद्धाश्रमको भवन निर्माणका लागि रेवतबहादुर कार्की ५१ हजार, भगतलाल श्रेष्ठ १५ हजार, सन्तोष बस्नेत, नारायाण पराजुली, शुभाषचन्द्र यादव, मुना कोइराला, गणेश शाह, अनिल बराल, सन्तोषकुमार पौदार, फडिन्द्र थापा, लक्ष्य प्रधान, दिपेश चौधरीलगायतले ११ हजारका दरले सहयोग गरेका थिए ।
लायन्सले ट्राफिक सचेतना कार्यक्रम, विराटनगर–३ बासुकीनाथ मन्दिरमा जल वितरण, लक्ष्मीनारायण मन्दिर विराटनगरमा वृक्षारोपण गर्ने, नेपाल बिजनेस क्याम्पसमा क्यान्सर रोगको विषयमा सचेतना कार्यक्रम लगायतका सप्ताहव्यापी सेवाका कार्यक्रममहरू गर्ने क्लबले जनाएको छ ।
View : 194
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved