Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसमा बीबीएम अभिमुखीकरण

उद्‌घोष संवाददाता
९ मंसिर २०८२, मङ्गलवार

विराटनगर  ।  मोरङ क्याम्पस विराटनगरमा व्यवस्थापन संकाय अन्तर्गत बीबीएम (स्नातक तह अन्तर्गत व्यावसायिक व्यवस्थापन) कार्यक्रममा प्रथम सेमेस्टारमा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार भएको कार्यक्रममा क्याम्पस प्रमुख डा रामावतार शरण, सहायक प्रमुख शिवनारायण चौधरी, पूर्व सहायक प्रमुख डा उद्धव पोखरेल, डा मोहन सुवेदी, बीबीए निर्देशक मोहनकुमार श्रेष्ठ, बीबीएम निर्देशक इन्द्रनारायण देव, सीमा कर्ण, स्ववियु सभापति रोहित यादव लगायतले मन्तव्य राखेका थिए । 

सो अवसरमा विद्यावारिधिका अध्येता जयकुमार महतोले महेन्द्र मोरङको परिचय,  बीबीएमको पाठ्यक्रम, पढाइ विधि एवम् महत्वको बारेमा प्रकाश पारेका थिए । 

विद्यार्थी तर्फबाट आयुष्मा दाहाल, सुशान्त बस्नेत, सुदीक्षा थापामगर, सरोज यादवले आफू महेन्द्र मोरङ क्याम्पसको बीबीएमको विद्यार्थी भएकोमा गर्व महसुस भएको बताएका थिए । 

मोरङ क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा बीबीएस वार्षिक प्रणालीमा र बीबीएम, बीबीए र बीपीए कार्यक्रम सेमेस्टर प्रणालीमा पढाइ हुँदै आएको छ । 
हाल मोरङ क्याम्पसमा व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षा शास्त्र गरी चार संकायमा ७ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
 

View : 245

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved