Biratnagar, Morang, Nepal
९ फागुन २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

‘व्यवसायी राहत कोष’ का लागि सहयोग

उद्‌घोष सम्वाददाता
८ फागुन २०८१, बिहिवार

झापा । नेपाल सुनचाँदी व्यवसायी संघका कोषाध्यक्ष तथा मनकामना ज्वेलर्सका सञ्चालक अभिशेक गहतराजले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च परोपकारी काममा लगाएका छन् । 

उनले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ का लागि रकम सहयोग गरेका हुन् ।

२१ हजार रूपैयाँ कोष वृद्धिका लागि संघका अध्यक्ष राजु न्यौपानेलाई उनले रकम प्रदान गरेका थिए । 

उनले सबै व्यवसायीको हितका लागि गरिएको कार्य प्रशंसनीय रहेको भन्दै सुनचाँदी व्यवसायीले समेत त्यसको अनुशरण गरेको बताए । 

वीरता जेसीजका उपाध्यक्ष तथा गहतराज सञ्जाल झापाका अध्यक्षसमेत रहेका उनले बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच रकम प्रदान गरेका थिए ।

सो अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले गहतराजलाई सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै कदर पत्रद्वारा सम्मान गरेको छ । 

संघले स्थापना गरेको कोषमा हालसम्म १० लाख रूपैयाँ बढी रकम संकलन भएको बताइएको छ ।

View : 57

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved