Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिकोणात्मक टी–२० सिरिज

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

उद्घोष सम्वाददाता
२२ फागुन २०८०, मङ्गलवार

विराटनगर । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत जारी फाइनल खेलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको छ । 

नेपालका लागि ओपनर आशिफ सेखले ३७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४७ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २० रन बनाए ।

कप्तान रोहित पौडेलले २५ बनाए भने गुलशन झाले ३४ रनको योगदान दिए । 

दीपेन्द्र सिंह ऐरी एक रनमा आउट हुँदा कुशल मल्लले ११ बलमा तीन छक्काको सहयोगमा २६ रन बनाए ।

साथै करन केसीले नौ रन बनाउँदा आरिफ सेखले भने खाता खोल्न सकेनन् ।

पुच्छारका ब्याटरद्वय सोमपाल कामी र प्रतिस जिसीले समान ६/६ रन बनाएका थिए ।

नेदरल्याण्ड्सका लागि फ्रेड काल्सेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र  साइब्राण्ड एङ्गलब्रेक्टले समान दुई/दुई विकेट लिए ।

जवाफमा अहिले नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ । ६ ओभरको खेल चलिरहँदा नेदरल्यान्ड्सले ६६ रन बनाइसकेको छ ।

View : 188

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved