Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

चार्टर्ड एकाउन्टेन्ट्स संघ कोशी र मोरङका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

संघका केन्द्रीय अध्यक्ष अनुप नेपालले संघको ३६औं कार्यसमितिमा निर्वाचित कोशी प्रदेश प्रमुख सुशीलकुमार अग्रवालसहित तीन जना पदाधिकारी र दुई जना सदस्यलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् । त्यसपछि कोशी प्रदेश प्रमुख अग्रवालले झापा, मोरङ र सुनसरी जिल्लाका पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए ।
उद्‌घोष संवाददाता
१५ मंसिर २०८२, सोमवार

विराटनगर । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको कोशी प्रदेश समिति र मोरङ जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीहरूको सोमबार विराटनगरमा औपचारिक रूपमा सपथग्रहण सम्पन्न भएको छ ।

संघका केन्द्रीय अध्यक्ष अनुप नेपालले संघको ३६औं कार्यसमितिमा निर्वाचित कोशी प्रदेश प्रमुख सुशीलकुमार अग्रवालसहित तीन जना पदाधिकारी र दुई जना सदस्यलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् । त्यसपछि कोशी प्रदेश प्रमुख अग्रवालले झापा, मोरङ र सुनसरी जिल्लाका पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए ।

झापा जिल्ला सभापति अनिलकुमार प्रसाईं, मोरङ जिल्ला सभापति अश्विनी बंशल, सुनसरी जिल्ला सभापति शिवकुमार साहसहित जिल्लास्तरीय पदाधिकारी तथा सदस्यहरूले सपथ लिएका थिए । शपथ ग्रहण कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष सचिन कार्की लगायत पदाधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै मोरङ जिल्ला सभापति अश्विनी बंशलले संघलाई व्यवसायी र लेखापरीक्षकहरूबीच समन्वयको सेतुका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सामाजिक सुरक्षा तथा पू“जी बजारसम्बन्धी सूचनाको आदान–प्रदानलाई थप प्रभावकारी बनाइने बताए । 

शपथ ग्रहण समारोहसँगै संघद्वारा आयोजित ‘सामाजिक सुरक्षा कोष र नवप्रवर्तन स्टक मार्केट’ विषयक एकदिने सेमिनार पनि सोमबार नै सम्पन्न भएको छ ।

सेमिनारमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषका योजना, लाभ, सदस्यता प्रक्रिया तथा दीर्घकालीन सामाजिक सुरक्षाबारे प्रस्तुति दिए । उनले निजी क्षेत्रका व्यवसायीहरूलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध हुन आह्वान गर्दै यसले कर्मचारीको भविष्य सुरक्षामा महत्वपूर्ण योगदान दिने बताए ।

त्यस्तै, सिटिजन शेयर ब्रोकरका प्रमुख कार्यकारी अधिकृत मनिष अर्यालले स्टार्टअप तथा साना–मझौला उद्यमका लागि शेयर बजारको अवसर, सूचीकरण प्रक्रिया र लगानीका फाइदाबारे प्रशिक्षण दिए ।

कार्यक्रमका मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उद्योग र लेखापरीक्षण क्षेत्रबीचको सहकार्यले आर्थिक प्रणालीलाई मजबुत बनाउने बताए ।

संघका केन्द्रीय अध्यक्ष अनुप नेपालले सामाजिक सुरक्षाको दायरा विस्तार र पूँजी बजारप्रतिको चेतना अभिवृद्धिमा चार्टर्ड एकाउन्टेन्ट्सहरूको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गरे ।

View : 258

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved