विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित सामर्थ्य समाजको १०औं वार्षिक साधारणसभाले चेतनाथ पोखरेललाई अध्यक्षमा चयन गरेको छ ।
विराटनगर–४ मा हालै सम्पन्न सो साधारणसभाबाट गठित नौ सदस्यीय समितिमा रामकुमार लामा उपाध्यक्ष, लोकमणि पोखरेल सचिव र होमराज पराजुली कोषाध्यक्ष चयन भएका छन् । समितिका सदस्यहरूमा कल्पना साह सुडी, राजु भट्टराई, कल्पना खड्का, आकृति रानी फुयल र अमन मण्डल छन् ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले उद्घाटन गरेको साधारणसभामा महानगरभित्रका ७० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू उपस्थित रहेको सदस्य आकृति रानी फुयलले बताइन् ।
साधारणसभामा महिला तथा बालबालिका शाखा विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सामुदायिक पुनर्स्थापना केन्द्र (सीबीआर) विराटनगर, अटिजम हेरविचार सोसाइटी विराटनगरलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
विभूति सहकारीमा लामा
सोही अवसरमा नै अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित ‘विभूति वचत तथा ऋण सहकारी संस्था लिमिटेड’ को पनि साधारणसभा सम्पन्न भएको छ ।
सहकारीको नयाँ कार्यसमितिमा रामकुमार लामा अध्यक्ष, यशोदा काफ्ले नेपाल उपाध्यक्ष, राजु भट्टराई सचिव र कल्पना खड्का कोषाध्यक्ष चयन भएका छन् । भुपेन्द्र आचार्य, मोजाहिद अन्सारी, पेशल पोखरेल, पूर्णमाया खत्री र चेतनाथ पोखरेल सदस्यको रूपमा कार्यसमितिमा छन् ।
View : 488
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved