विराटनगर । विराटनगरको परिचय दिने पुरानो स्तम्भ नभएकाले अन्तर्राष्ट्रिय जगतमा पनि प्रवेशद्वारको फोटो प्रचलनमा छ । सडक बिस्तारले द्वार सांँघुरो भएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगर प्रवेश गर्दा स्वागतका लागि बनाइएको मुख्यद्वार पुरानो र सानो भए पनि स्थानीय सरकारको चासो नभएकाले स्थानीय एक क्लवले नेपालको राष्ट्रिय झण्डा फहराएर सो स्थानलाई सुन्दर बनाएको छ । शनिबारदेखि सडकको मध्य भागमा नेपालको राष्ट्रिय झण्डाका लाइन फहराइएकाले सामाजिक सञ्जालमा यसको स्वागतमा लेख्न थालिएको छ ।
कोशी राजमार्गमा विराटनगर महानगर प्रवेश गर्ने द्वारमा कुनै वेला कलाकारले स्वागत गरेको तस्वीर राखिएको थियो । सडक विस्तारका क्रममा पुरानो भएको द्वार सानो भएको छ । त्यसले महानगर प्रवेश गर्ने मानिसलाई स्वागत गरेको भान हुंँदैन थियो । स्थानीय राजधानी युवा क्लवले राष्ट्रिय झण्डालाई पंक्तिवद्ध राखेर आगन्तुकलाई भब्य स्वागतको अनुभूति दिएको छ ।
विराटनगर–३ मा ब्याडमिन्टनका लागि कवर्ड हल र ब्यायामशालाका लागि भवन बनाएर विराटनगरमै चर्चामा रहेका राजधानी युवा क्लवका अध्यक्ष राजु ढकालले प्रदेशको राजधानी प्रवेश गर्नेलाई स्वागत मात्रै हैन राष्ट्रियतामा चासो लिने मानिसका लागि सन्देश दिन झण्डाको लाइन लगाइएको बताए । सडकको मध्य भागमा ठुला १२ वटा नेपालको राष्ट्रिय झण्डा र ३ वटा क्लवका झण्डा लगाइएको छ ।
शनिवार कुनै पनि औपचारिक समारोह नगरी क्लवका सदस्य भेला भएर गरेको झण्डा स्थापना कार्यक्रममा खेलप्रेमीहरु सहभागी थिए । गणतन्त्र नेपाल भएपछि नेपालको राष्ट्रिय झण्डाको प्रयोग राजसंस्थाका समर्थकहरुले मात्रै प्रयोग गर्दै आएको अवस्थामा सबै दलमा आवद्ध रहेका खेलप्रेमी आवद्ध क्लवले झण्डा स्थापना गरेर राष्ट्रियता प्रतिको प्रेम जगाउन खोजेको बताइएको छ ।
पहिलो क्लवको एक त्यसपछि देशको १२ र अन्तिममा पुनः क्लवका १२ झण्डा राखिएको छ । सडकको मध्य भागमा ठुला ड्राम राखेर झण्डा राखिएको छ भनें ड्राममा फूल रोपेर सुन्दर बनाउने तयारी गरिएको छ ।
बुढीगंगाको टंकीसिनवारीका समाजसेवी उद्धव कोइरालाले राजनीतिक दलका झण्डाले मात्रै स्वागत हुने प्रचलन बढेको अहिलेको अवस्थामा क्लवले लगाएको राष्ट्रिय झण्डालाई हरेक क्षेत्रले स्वागत गरेको पाइएको बताए ।
View : 298
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved