काठमाडौं । सेयर बजार परिसूचकमा आइतबार सामान्य सुधार छ । नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा रहँदा बजारमा ९ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
अन्य समूह ३.०६ र फाइनान्स २.४९ बढेका छन् । वाणिज्य बैंक, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारका सूचकमा सामान्य बढोत्तरी छ । विकास बैंक १.५३, जीवन बीमा १.३० र जलविद्युत १.०५ प्रतिशतले घटेका छन् ।
होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा पनि घटेका छन् । १६२ कम्पनीको सेयरमूल्य घट्दा गुडविल फाइनान्स डिबेन्चर २०८३ का लगानीकर्ता सर्वाधिक ८.८७ प्रतिशत नोक्सानमा रहे । ग्रीन डेभलपमेन्ट बैंक ८.५८ प्रतिशतले घटेको छ ।
८७ कम्पनीको सेयरमूल्य बढ्दा नेपाल फाइनान्सका लगानीकर्ता अधिक फाइदामा रहे । उक्त कम्पनीको सेयरमूल्य बढेर पोजेटिभ सर्किट नै लागेको छ । यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.३६ प्रतिशतले बढेको छ ।
उच्च कारोबार हुने शीर्ष ५ कम्पनीमा नेपाल रिइन्योरेन्स कम्पनी पहिलो भएको छ । उक्त कम्पनीको ४९ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर ३७ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३४ करोड २४ लाख र गार्डियन माइक्रो लाइफको ३२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा रहँदा ९ अर्ब ६४ करोडको सेयर कारोबार भएको थियो ।
View : 293
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved