विराटनगर । नेपाल टाइम्सका संचालक शहेन्सा सिद्दिकी अपहरण गरी शरीर बन्धक बनाई फिरौती लिएको र कुटपिट अंगभंग सम्बन्धी मुद्दामा निर्दोष ठहर भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले शुक्रबार मुद्दाको वादीको दाबी नपुग्ने फैसला गरेको जनाइएको छ ।
‘यस अदालतबाट आज मिति २०८१।०३।२१ मा भएका फैसला अनुसार प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएको’ भन्दै जिल्ला अदालतले हाल मोरङ कारागारमा थुनामा रहेका सिद्दिकीलाई आजै थुनामुक्त गर्न आदेश समेत दिएको छ ।
अदालतको उक्त आदेश अनुसार मोरङ कारागारबाट सिद्दिकी आजै थुनामुक्त हुने जनाइएको छ ।
सिद्दिकीविरुद्ध विराटनगरका उद्योगी एवं नेपाल टाइम्स अनलाइनकै लगानीकर्ताका रुपमा रहेका अरुणकुमार राठीले आफूलाई अपहरण गरी शरीर बन्धक बनाई फिरौती लिएको र कुटपिट अंगभंग गरेको आरोपमा २०७९ पुस २५ मा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दामा ३७ पटकसम्म पेशी सरेको थियो । ३८ औं पटकको पेशीमा शुक्रबार अन्तिम सुनुवाइ सकिएर वादीको तर्फबाट गरिएको दाबी नपुग्ने फैसला भएको जनाइएको छ ।
सिद्दिकी १८ महिनापछि थुनामुक्त हुन लागेका हुन् ।
View : 621
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved