विराटनगर । आशिष बोहरा र श्रेया योञ्जन कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगितामा सिंगलतर्फ प्रथम भएका छन् ।
मोरङ जिल्ला सफ्ट टेनिस संघले विराटनगरमा आयोजना गरेको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनलमा आशिषले आभाष बुढाथोकीलाई ४–२ को सेटमा पराजित गरेर प्रथम भएका हुन् ।
आभाष बुढाथकी द्वितीय, मुकुन्द बुढाथोकी र अश्लेश ढकाल तृतीय भएका छन् ।
यस्तै महिला सिंगलमा प्रथम हुने श्रेया योञ्जनले रेजिना तामाङलाई ४–१ को सेटमा पराजित गरेकी थिइन् । रेजिना दोस्रो तथा अभिलाशा लामिछाने र श्रेया राई तृतीय भएका छन् । महिला डबलतर्फ श्रेया योञ्जन र श्रेया राईको जोडी प्रथम, अभिलाशा लामिछाने र रेजिना लामाको जोडी दोस्रो भएको छ ।
श्रेया उपाध्याय र याना राजभण्डारी तथा मुस्कान मुन्दडा र रिया गुप्ताको जोडी तृतीय भएको छ । पुरूष डबलतर्फ आशिष बोहरा र आभाष बुढाथोकीको जोडी प्रथम, दीपेन्द्र थापा र मुकुन्द बुढाथोकीको जोडी द्वितीय भएको छ । अभिषेक अमन झा र अशलेष ढकाल, जयन्द्रबिक्रम राणा र अमित कार्की तृतीय भए ।
भेट्रानतर्फ आयोजक संघका अध्यक्ष श्यामकुमार लामा र खेलका रेफ्री राजेश लामिछानेको जोडी प्रथम, निजी विद्यालयका सञ्चालक अमिश रेग्मी र राजकुमार थापाको जोडी द्वितीय तथा सफ्ट टेनिसका प्रशिक्षक राजेशकुमार बोहरा र पूर्व राष्ट्रिय च्याम्पियन रोशन राउतको जोडी तृतीय भएका छन् ।
कोशी प्रदेश स्तरीय प्रतियोगितामा ३० जना खेलाडीको सहभागिता रहेको थियो । सबै बिधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ६ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
बिजेतालाई पुरस्कार प्रदान गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ र प्रदपि भगतले खेल र खेलाडी संरक्षणमा बोर्ड क्रियाशील रहेको जानकारी दिए ।
View : 177
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved