Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

परिसंघ कोशीको पाँचौ साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
१८ माघ २०८२, आइतवार

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा शनिबार आयोजित साधारणसभाले वार्षिक कार्यक्रम र योजना पारित गरेको छ । 

त्यस्तै कोषाध्यक्ष साकेत राठीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन समेत सर्वसम्म्त रुपमा पारित गरेको छ ।

साधारणसभाका प्रमुख अतिथि परिसंघका केन्द्रीय गभर्निङ काउन्सिल मेम्बर बासुदेव गोल्यानले कोशी प्रदेश समितिले पूर्वका उद्योगी व्यवसायीको हकहितका उदाहरणीय रुपमा काम गरेको बताए ।

परिसंघका कोशी अध्यक्ष सारडाले उद्योगी व्यवसायीलाई बिना कारण अनेक आक्षेप लगाउने गरेको गुनासो गरे । 

राज्यले उद्योगी व्यवसायीको सुरक्षा गर्न नसकेको, तस्करी नियन्त्रण हुन नसकेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए । 

साधारणसभामा केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक (डीआईजी) विनोद घिमिरेसहित सुनसरीका अध्यक्ष अनिल अग्रवाललगायत परिसंघ कोशीका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

डीआईजी घिमिरेले उद्योगी व्यवसायीहरु अर्थतन्त्रकै मेरुदण्ड भएको बताए । उनले देशको आय वृद्धि गर्न महत्वपूर्ण भूमिका रहेको बताए ।

घिमिरेले सुरक्षाका लागि प्रहरीले सधै सहयोग रहने बताए । साथै, अहिले सुरक्षा निकायले बलियो रुपमा काम गरिरहेको र कानुनकै राज हुने स्पष्ट पारे ।

सोही अवसरमा परिसंघ केन्द्रीय समितिले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटको लागि उद्योगी व्यवसायीहरुबाट सुझाव संकलन गरिएको परिसंघका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले विभिन्न स्थानमा राजनीतिक आडमा अवैध रुपमा कवाडी कर लिने गरेको भन्दै गुनासो गरेका थिए ।

View : 94

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved