विराटनगर । झापा, मोरङ, खोटाङ र सोलुखुम्बुबाट विभिन्न मुद्दाका १० जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतहरूबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका सम्बन्ध बिच्छेद मुद्दाका ३ जना, गालीबेज्जती मुद्दाका १ जना, वन मुद्दाका २ जना, बहुबिवाह मुद्दाका १ जना, चोरी मुद्दाका १ जना र चलन हटक मुद्दाका २ जना फरार अभियुक्तहरूलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी दिएको छ ।
View : 445
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved