Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

आन्ध्र प्रदेशस्थित रिएक्टर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

उद्घोष सम्वाददाता
६ भदौ २०८१, बिहिवार

Advertisement

आन्ध्र प्रदेश, ६ भदौ । आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । 

यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको बताएका थिए । 

अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्णनले मृत्यु सङ्ख्या १७ पुगेको पुष्टि गरेका छन् । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन् । 

घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै व्यक्तिको हताहत भएको उक्त दुर्घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । 

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अनाकपल्लीको एक कारखानामा भएको दुर्घटनामा परी भएको धेरै व्यक्तिको हताहतले दुःखी बनाएको छ ।

आफ्ना प्रियजनहरूलाई गुमाएकाहरूप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना !” 

विज्ञप्तिमा आगाडि भनिएको छ, “प्रत्येक मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख भारतीय रूपैयाँ राशिको राहत प्रदान गरिनेछ ।

घाइतेलाई ५० हजार रूपैयाँ दिइने छ ।” रासस

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved