Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरी–१ मा हर्क साम्पाङको अग्रता

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

धरान । सुरुवाती अग्रतामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् ।

उनले ५ हजार ३२५ मत प्राप्त गरिसकेका छन् । 

रास्वपाका गोमा तामाङले ४ हजार १४१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

तेस्रो स्थानमा रहेका नेकपाका सूर्य बहादुर भट्टराईले १ हजार १८४ मत प्राप्त गरेका छन् । कांग्रेसका सुजेन्द्र तामाङले ८१० तथा एमालेका टिकाराम लिम्बुले ७९३ मत प्राप्त गरेका छन् ।

सुनसरी-१ मा १ लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved