विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरबाट विएचएम र विविएका विद्यार्थीहरु दीक्षित भएका छन् ।
कलेजबाट बीएचमतर्फका ४६ र बीबीएतर्फका ३२ जना विद्यार्थीहरु शुक्रबार दीक्षित भएका छन् । कलेजमा अध्ययन पुरा गरेर दीक्षित भएका उनीहरुलाई एक कार्यक्रमका बिच कलेजले शुक्रबार बिदाई समेत गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धनप्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको छ ।
विराटनगरको रत्ना होटलमा आयोजित बिदाई कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।
बिबिएमका सन् २०१९ का र बिएचमका सन् २०२० का विद्यार्थीहरु हुन् । चार वर्षे कोर्ष पुरा गरेपछि उनीहरुलाई विदाई गरेको कलेजका प्रशासन प्रमुख राजेश गुरुङले जानकारी दिए ।
पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृत प्राप्त भएको उक्त विद्यालयले प्रत्येक वर्ष होटल म्यानिजमेन्टको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
कलेजले बीएचएमका विद्यार्थीहरुलाई नेपालसहित जापान, दुवई, बराइन, माल्दिभ्स लगायतका देशका स्टार होटलहरुमा इन्टर्नका लागि पठाउँदै आएको छ ।
कार्यक्रममा सास्थम कलेजका प्रशासन प्रमुख गुरुङसहित म्यानेजिङ डाइरेक्टर रोशन बहादुर थापा, क्याम्पस म्यानेजर महेश्वर प्रसाद सिंह, बीएचम प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेश, बीबीए एमबीए प्रोग्राम डाइरेक्टर विनयविष्णु केसी लगायतको उपस्थिति रहेको थियो ।
View : 699
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved