Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एसियन थाई फुड्सको ‘डेभिल्स हट चिकेन नुडल्स’ बजारमा

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

विराटनगर । एसियन थाई फुड्सले मसालेदार स्वाद मन पराउने उपभोक्तालाई ध्यानमा राखेर नयाँ स्वादको नुडल्स बजारमा ल्याएको छ । तातो, पिरो स्वाद रुचाउने ग्राहकलाई लक्षित गरी कम्पनीले नयाँ सेगमेन्टको नुडल्स बजारमा ल्याएको हो ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ‘डेभिल्स हट चिकेन नुडल्स’ सार्वजनिक गर्दै कम्पनीले गुणस्तरीय नुडल्स र सन्तुलित मसालाले यसलाई अविस्मरणीय बनाउने दावी गरेको छ ।
कम्पनीका निर्देशक आशीष जाजूले भने ‘यो केवल तत्कालीन नुडल्स होइन, स्वादको रोमाञ्चक यात्रा हो । गुणस्तरीय नुडल्स र सन्तुलित मसालाले यसलाई अविस्मरणीय बनाउने छ ।’
२५ वर्षदेखि ‘फास्ट मुभिङ कन्जुमर गुड्स’ तर्फको स्थापित यो कम्पनीले नेपालका साथै तेस्रो मुलुकमा समेत उत्पादनहरू निर्यात गर्दै आएको छ । 
३० भन्दा बढी देशमा एसियन थाई फुड्सका उत्पादनहरू निर्यात हुँदै आएको निर्देशक जाजूले बताए । कम्पनीले पछिल्लो नयाँ उत्पादनका लागि ‘नेपालकै सबैभन्दा मिठो स्वाद, यो डेभिलिसिअस छ’ भन्ने ट्याग लाइन अघि सारेको छ । 
डेभिल्स हट चिकेन नुडल्स देशभरका प्रमुख खुद्रा पसल र अनलाइन प्लेटफर्ममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रत्येक प्याकेटमा चकलेट वेफरसमेत राखिएको छ । जसले मसालेदार स्वादपछि मिठासको अनुभव थप्ने कम्पनीको विश्वास छ । 
कम्पनीका व्यवस्थापकीय निर्देशक महेश जाजुका अनुसार हालै निजी लिमिटेडबाट पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको कम्पनीले आईपीओ ल्याउने तयारी गरिरहेको छ । 
उनले भने ‘हामी नेपाली स्वादलाई विश्व बजारसम्म पु¥याउन प्रतिबद्ध छौं । डेभिल्स हट चिकेन नुडल्स हाम्रो साहसी र सन्तुलित स्वादको पहिचान हो ।’
प्रतिप्याकेट ५० रुपैयाँमा उपलब्ध यो नुडल्सको ५ प्याकेटको फ्याम्ली प्याक २५० रुपैयाँमा पाइने छ ।

View : 319

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved