उदयपुर । उदयपुरको बेलका नगरपालिका-८ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना चालकको मृत्यु भएको छ ।
मंगलबार साँझ को. ३८ प ९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको वुढीगंगा-२ का ३२ बर्षीय अनिल राजवंशी र पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका-७ दिङ्लाकी १८ वर्षीया तुलशा कार्की घाईते भएका थिए ।
अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्दार गरी उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारकै क्रममा राजवंशीको मृत्यु भएको जनाइएको छ ।
View : 443
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved