चिकित्सक संघ निर्वाचन :
विराटनगर । नेपाल चिकित्सक संघको केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश संयोजकमा डा. रोशन खड्का निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डा. खड्काले ३ हजार ८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
कोशी प्रदेशबाट उपाध्यक्ष एवं प्रदेश संयोजकका प्रतिष्पर्धीहरू मध्ये डा. टंकाप्रसाद बराकोटीले २ हजार २३६ मत र डा. हरिशंकर कार्कीले ८७८ मत प्राप्त गरेको जनाइएको छ ।
कोशी प्रदेश संयोजकमा निर्वाचित भएका डा. खड्का कोशी अस्पताल विराटनगरका बरिष्ठ फिजिसियन हुन् ।
संघको केन्द्रीय अध्यक्षमा भने डा. बद्री रिजाल निर्वाचित भएका छन् । संघको ३० औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको बरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी र महासचिवमा डा.विश्वराज दवाडी निर्वाचित भएका छन् ।
अन्य उपाध्यक्षहरूमा डा.अमृत राजन मिश्र (मधेश), डा.सुवास भट्टराई (बागमती), डा.योगेशराज सिग्देल (गण्डकी), डा.नन्दा गुरुङ (लुम्बिनी), डा.रविन खड्का (कर्णाली) र डा.प्रमोद जोशी (सुदूरपश्चिम) विजयी भएका छन् । त्यस्तै सचिवमा डा.हुलास अग्रवाल र कोषाध्यक्षमा डा.तेजुसिंह मल्ल विजयी भएको जनाइएको छ ।
संघको सदस्यहरूमा डा.अमित झा, डा.राकेश साह, डा.पल्पसा श्रेष्ठ, डा.विना श्रेष्ठ, डा.सुमित काफ्ले र डा.शेषराज घिमिरे विजयी भएका छन् ।
View : 170
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved