Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

घरभित्र शुद्ध हावाका लागि ब्ल्याक प्लस डेकरको पहल

उद्‌घोष संवाददाता
१२ वैशाख २०८३, शनिवार

विराटनगर । नयाँ वर्षको सुरुवातसँगै देशभर वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढ्न थालेको छ ।

काठमाडौं उपत्यकासहित प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकांक १५० देखि १८० सम्म पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिले ‘अस्वस्थकर’ श्रेणीमा राखिन्छ ।

बढ्दो प्रदूषणका कारण जनस्वास्थ्यमा जोखिम बढ्दै गएको सन्दर्भमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक प्लस डेकरले नेपाली उपभोक्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । 

कम्पनीले घर तथा कार्यालयभित्रको हावा शुद्ध राख्न आधुनिक एयर प्युरिफायर प्रयोग गर्न सुझाएको हो ।

सन् १९१० देखि सञ्चालनमा रहेको डेकरले विश्वका १०० भन्दा बढी देशमा आफना उत्पादन विस्तार गरिसकेको छ । ऊर्जा दक्षता, टिकाउपन र प्रयोगकर्ता–मैत्री प्रविधिका कारण यो ब्रान्ड विश्वव्यापी रूपमा परिचित छ ।

कम्पनीका अनुसार, बाहिरी प्रदूषण तत्काल नियन्त्रण गर्न कठिन भए पनि घरभित्रको हावालाई सुरक्षित राख्न सकिन्छ  । 

यसका लागि ब्ल्याक प्लस डेकरको एपी ३५६० बी ५ एयर प्युरिफायर प्रभावकारी विकल्पका रूपमा प्रस्तुत गरिएको छ । उक्त उपकरणमा तीन तहको फिल्ट्रेसन प्रणाली जडान गरिएको छ ।

नेपालमा उपलब्ध ब्ल्याक+डेकरका एयर प्युरिफायरहरू २४ महिनाको वारेन्टीसहित आउने कम्पनीले जनाएको छ । 

साथै, देशव्यापी सर्भिस नेटवर्कमार्फत बिक्रीपछिको सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । बढ्दो वायु प्रदूषणको अवस्थालाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्सले आम नागरिकलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन र घरभित्रको वातावरण स्वच्छ राख्न आग्रह गरेको छ ।

View : 79

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved