विराटनगर । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेताहरूले पहिचानको पक्षमा खुल्न प्रमुख दलका नेताहरूमाथि दबाब बढाउन थालेका छन् । यसै क्रममा पहिचान पक्षधरले आइतबार नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटी नामका कारण कोशी प्रदेशमा जारी तनाव अन्त्यका लागि अग्रसरता देखाउन आग्रह गरेका छन् ।
विराटनगरस्थित कोइराला निवासमा प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका नेताहरूले कांग्रेस नेता कोइरालासँग कोशीको नाम फेरेर सभ्यता र संस्कृतिको पहिचान झल्कने गरी पुनः नामकरण गर्नुपर्ने मागका विषयमा दुई घण्टा छलफल गरेका थिए ।
संयुक्त संघर्ष समितिका संयोजक रहेका डकेन्द्रसिंह थेगिमले प्रदेशमा भइरहेको आन्दोलनबारे नेता कोइरालालाई जानकारी गराएको र आन्दोलनरत पक्षको मागप्रति उनी सकारात्मक देखिएको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वको प्रदेश सरकारले आन्दोलनकारीसँग वार्ता गर्न टोली बनाएको भोलिपल्ट आन्दोलनरत पहिचानवादी नेता कोइरालालाई भेटन कोइराला निवास पुगेका थिए ।
मुख्यमन्त्री कार्की नेता कोइरालाको विश्वासपात्र मानिन्छन् । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र कांग्रेस नेता कोइरालाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
View : 163
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved