विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा बालबालिकासित अन्तरक्रिया सम्पन्न भएको छ ।
बालबालिकाका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने उद्देश्यका साथ महानगरले विराटनगर महानगरपालिका क्षेत्रभिक्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूसित अन्तरत्रिया गरेको हो ।
महानगरले आइतबार विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ ।
महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बालक्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ ।
नगर बालक्लब सञ्जालका अध्यक्ष आदित्य झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडाध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतलगायतले सकारात्मक सोच र उद्देश्य लिएर अगाडि बढ्न सुझाव दिएका थिए ।
View : 410
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved