काठमाडौँ । नयाँ बानेश्वर केन्द्रित ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रणमा लिनका नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको छ ।
सोमबार बिहान माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो ।
नयाँ बानेश्वरमा प्रदर्शनकारीले संसद् भवन परिसरमा प्रवेश गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।
प्रदर्शनकारीले संसद् भवनको पर्खाल तोडफोड र प्रहरी बिटमा आजगनी गरेका थिए ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनाैं राउण्ड अश्रु ग्यास र हवाई फायर गरेको थियो । रासस
View : 368
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved