Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

इटहरीमा क्यान इन्फोटेक हुने

उद्घोष सम्वाददाता
९ फागुन २०८०, बुधवार

सुनसरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ । बिहीवारदेखि पाँच दिनसम्म हुने इन्फोटेकमा नेपाली र विदेशी उत्पादनलाई समेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने जनाएको छ ।

क्यान सुनसरीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यान सुनसरीका अध्यक्ष सन्देश राईले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिए ।  

इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको जनाइएको छ ।

इन्फोटेकमा सूचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनिद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सˆटवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ ।

जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिन सकिनेछ ।

View : 116

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved