Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पत्रकार महासंघ कोशीको अध्यक्षमा खड्का

उद्‌घोष सम्वाददाता
३० मंसिर २०८१, आइतवार

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा भरत बहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ६१४ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमै उठेका विवेक गौतम भने फराकिलो मतान्तरले पराजित भएका छन् । उनले ३१७ मत प्राप्त गरेका हुन् । 

खड्का नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट निवा चुनाव लडेर निर्वाचित भएका हुन् । पराजित गौतम भने प्रेस सेन्टर नेपालसहितको एलायन्सबाट अध्यक्ष पदमा उठेका थिए । 

अध्यक्षकै अर्का उम्मेदवार सन्तबीर लामाले पनि १२७ मत पाएका छन् ।

महासंघ कोशी प्रदेश समितिको खुला उपाध्यक्षमा कुमोद अधिकारीले ६८० मतका साथ निर्वाचित भएका छन् ।

महिला उपाध्यक्षमा चौतारीकी अम्बिका भण्डारीले ६८१, महासचिवमा हिमाकुमारी चेम्जोङले ६७२ मत ल्याएर निर्वाचित भएका छन् । 

खुला सचिवमा ध्रबु भट्टराई भने सर्वसम्मत निर्वाचित भएका छन् । समावेशी सचिवमा अरविन्द कुमार मेहताले ६०४ र कोषाध्यक्षमा सुदीप कोइरालाले ५१३ मतका साथ निर्वाचित भएका हुन् ।

खुला सदस्यमा पर्शुराम थापाले सर्वाधिक ७२० मत पाएका छन् । त्यस्तै इन्द्र गिरीले ६५८, चन्द्रबहादुर कार्कीले ६५५, राजकुमार ओलीले ५९९ र रामधन राईले ४२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । 

महिला सदस्यहरुमा अमृता विश्वकर्मा, विनु चेम्जोङ र बुद्धिमाया सोङ्मी भने निर्विरोध निर्वाचित भएका छन् । 

दलित सदस्यमा किशोर विश्वकर्माले ५८६, आदिवासी जनजाति सदस्यमा खनेन्द्र कुमार राई (अर्जुन) ले ५७४ र लाक्पाजी शेर्पाले ४७९ मतका साथ निर्वाचित भएका छन् । 

मधेसी सदस्यमा अविनाश कुमार निधिले ६१३ र आशिष कुमार यादवले ५९८ तथा अल्पसंख्यक सदस्यमा लुकमान अन्सारीले ५७१ मत पाएर विजयी भएका छन् । 

निर्वाचनबाट चुनिएका खुल्ला सचिवबाहेकका पदाधिकारी, एक खुला सदस्य र एक महिला सदस्य बाहेक सवै प्रेस युनियन, प्रेस चौतारी र प्रेस मंच गठबन्धनका हुन् ।

सर्वसम्मत भएका खुला सचिव भट्टराई, खुला सदस्य राई र महिला सदस्य विश्वकर्मा भने प्रेस सेन्टर–समाजवादी प्रेस संगठन गठबन्धनका हुन् ।

View : 122

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved