Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लेखापढी एशोसिएसनमा पुनः न्यौपाने

उद्‌घोष संवाददाता
४ असोज २०८२, शनिवार

विराटनगर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः निर्वाचित भएका छन् । 

न्यौपाने एशोसिएसनको लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

शुक्रबार सम्पन्न भएको निर्वाचनमा न्यौपानेको प्यानल नै निर्वाचित भएको हो । न्यौपाने २२० मतका साथ अध्यक्षमा विजयी भए । अर्का उम्मेदवार लोकेन्द्रनाथ पोखरेलले ५४ मत मात्रै प्राप्त गरे । 

उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, सहसचिवमा अजयकुमार साह, कोषाध्यक्ष, हृदयकुमार राजवंशी र सहकोषाध्यक्ष हरेराम यादव निर्वाचित भएका छन् । 

त्यस्तै कार्य समिति सदस्यमा आशनारायण चौधरी, जानकीकुमारी माझी, निरज यादव, वेदनाथ निरौला, मनोजकुमार थापा, रमेशकुमार यादव र सन्तोषकमार पूर्वे विजयी भए ।

View : 499

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved