विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की दक्षिण कोरिया भ्रमणका लागि सिओल पुगेका छन् ।
मेयर कोइराला र उपमेयर कार्कीलाई जनसम्पर्क समिति कोरियाका सभापति भजिन्द्र क्षेत्री, उपसभापति लक्ष्मण दाहाल, पूर्वसभापति नवराज शिवाकोटी लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
मेयर कोइराला र उपमेयर कार्की सिओलका मेयर ओह सी हुनको निमन्त्रणमा कोरिया पुगेको जनाइएको छ ।
उनीहरु औपचारिक र अनौपचारिक विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मेयर कोइरालाको सचिवालयले जनाएको छ ।
View : 106
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved