Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जापान भ्रमण प्रकरणमा विवादित बनेका पूर्वमन्त्री अधिकारी पक्राउ (फोटो)

प्रहरीले भ्यानमा हाल्नु अघि उनले आफु अनुसन्धानलाई सहयोग गर्नकै लागि काठमाडौं हिँडेको बताए ।
उद्घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । विवादित जापान भ्रमणका कारण आलोचित बनेर अनुसन्धानको घेरामा तानिएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । 

उनले प्रहरीमा आत्मसमर्पण गर्ने तयारी गरेका थिए । तर प्रहरीले आइतबार अपरान्ह उनकै निवासबाट प्रहरी भ्यानमा हालेर विराटनगर विमानस्थल तर्फ लगेको हो ।

अधिकारीले अनुसन्धानलाई सहयोग गर्न भन्दै आजै अपरान्ह १ः५० को यति एयरबाट काठमाडौँ जाने तयारीमा रहेको बताएका थिए । पूर्वमन्त्री अधिकारीलाई शनिबार साँझदेखि नै प्रहरी पुगेर निगरानीमा राखेको थियो ।

उनी पक्राउ पर्ने भएपछि आफैं प्रहरीमा आत्मसमर्पण गर्न लागेका थिए । प्रहरीले भ्यानमा हाल्नु अघि उनले आफु अनुसन्धानलाई सहयोग गर्नकै लागि काठमाडौं हिँडेको बताए ।

‘अनुसन्धानमा सहयोग पुर्‍याउनु पर्छ, म कानुनभन्दा माथि छैन’ अधिकारीले भने, ‘कानुनलाई सहयोग पुर्‍याउनु मेरो कर्तव्य हो ।

View : 171

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved