काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिए ।
उनले महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको उपचारका क्रममा बुधबार मृत्यु भएको बताए ।
यो सँगै उक्त आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
यसअघि यही भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनमा १९ जनाको मृत्यु भएको थियो । विभिन्न अस्पताल उपचार भइरहेका मध्ये थप घाइतेको पनि मृत्यु भएको जनाइएको छ । बुधबार समेत दुईजनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
त्यस्तै कारागारबाट भाग्ने क्रममा प्रहरीको गोली लागेर दुईजना कैदीको समेत मृत्यु भएको छ ।
View : 534
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved