Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

'वर्ल्ड स्ट्रोङगेस्ट वुमन' टाइटल जित्न सफल दीपालाई विराटनगर विमानस्थलमा भव्य स्वागत

उद्‌घोष सम्वाददाता
१६ पुष २०८०, सोमवार

विराटनगर । भारतको हैदरावादमा आयोजित १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल दीपा बिष्टलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
मोरङको सुन्दरहरैंचा– ११ की खेलाडी बिष्टलाई स्ट्रेन्थलिफ्टिङ एशोसिएसन मोरङका पदाधिकारीसहित उनका परिवारका सदस्यहरूले आइतबार बेलुका विमानस्थलमा स्वागत गरेका हुन् ।

बिष्टले हैदरावादस्थित लालबहादुर शास्त्री रङ्गशालामा पुस २ देखि ६ गतेसम्म आयोजित च्याम्पियनसिपमा युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिस्पर्धीहरूलाई पछि पार्दै बिष्टले गोल्ड मेडलसहित उक्त टाइटल जितेकी हुन् ।

उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिस्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाएकी थिइन् । उनले च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोडेकी हुन् ।

बिष्टले २०७९ भदौ २० मा किर्किस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस(आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तरगत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । 

इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल जिमखानामा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर दुबै हातले तौललाई माथि उचाल्ने क्षमता प्रदर्शन गरिने खेल हो ।

View : 259

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved