Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

जुवा खेल्ने १२ जनाको समूह पक्राउ

उद्‌घोष संवाददाता
५ फागुन २०८१, सोमवार

Advertisement

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बाट जुवा तास खेल्ने १२ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार अपरान्ह साढे ४ बजे स्थानीय ४५ बर्षीय रामप्रसाद राईको घरमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोली खटिएको र सो टोलीले जुवातास खेलिरहेको अवस्थामा घर धनी रामप्रसाद राईसहित १२ जनालाइ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ५० बर्षीय चिरञ्जिवी राई, त्रियुगा–४ का ५२ बर्षीय तिलकबहादुर बुढाथोकी, त्रियुगा–८ का ७५ बर्षीय मदन राउत, त्रियुगा–७ का ४५ बर्षीय रीतबहादुर राउत, ६२ बर्षीय जालबहादुर मगर, त्रियुगा–१६ का २७ बर्षीय कुमार कार्की, त्रियुगा–१२ का ३४ बर्षीय राजेन्द्र राई, रौतामाई गाउँपालिका–३ का ३५ बर्षीय राजकुमार कटुवाल, ३५ बर्षीय वालकृष्ण राई, ३० बर्षीय निरज कटुवाल र सप्तरी शम्भुनाथका २२ बर्षीय राकेश चौधरीलाई फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीले जुवाको खालबाट नगद ३ लाख १ सय ८० रूपैयाँ, ३ गड्डी तास र २२ वटा कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

View : 465

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved