Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

राष्ट्रिय टी–२० क्रिकेट

कर्णालीसँगको उद्घाटन खेलमा कोशी ३८ रनले विजयी

उद्घोष सम्वाददाता
२२ फागुन २०८०, मङ्गलवार

विराटनगर । पहिलो कोशी प्रदेश ट्रफीका लागि विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । कोशीले कर्णालीलाई ३८ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४६ रनको योगदान गरे ।

सुजन थपलियाले ३८, समिर कार्कीले २०, दिपेश कंडेलले १४ जोडेका थिए । त्यस्तै मिनास थापाले ६, श्रवण यादव १, भुपाल दंगाल १ रनेको योगदान गरे । फिर्दुस अन्सारीले नटआउट ३ रन जोडे ।

अनुज चनाराले २ विकेट लिए । त्यस्तै प्रकाश जोशी, युनिस ठकुरी, दिवान पुन, दिनेश अधिकारी र दिपेन्द्र रावतले समान १–१ विकेट लिएका थिए ।

१४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको कर्णाली १८ दशमलव २ ओभरमा अल आउट भयो । कर्णालीले १०२ मात्रै बनायो । हिमान्सु सुवेदीले सर्वाधिक ३४ रन जोडे । 

दिनेश अधिकारीले ११, दिवान पुनले १०, कप्तान रविन्द्र शाहीले ९, अर्जुन घर्ती ७, विपीन रावल ६, निश्चल रावल २, प्रकाश जैसी र अर्जुन चनाराले समान १–१ रन लिएका थिए ।

View : 219

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved