Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

स्कुल बसबाट खसेर सहचालकको मृत्यु

उद्‌घोष संवाददाता
१२ जेठ २०८३, मङ्गलवार

विराटनगर । उदयपुरको कटारीमा गुडिरहेको स्कुल बसबाट खसेर बसका सहचालकको मृत्यु भएको छ । 

सोमबार बिहान करिब ९ बजेतिर कटारी नगरपालिका–२ गिद्ववरस्थित भित्री सडक खण्डमा सौगात एकेडेमी बोर्डिङ स्कुलको लुप्र ०१–००१ ख ०९८५ नम्बरको स्कुल बसबाट खस्दा कटारी–१ का ३१ वर्षीय सहचालक उत्तम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विद्यालयबाट विद्यार्थी लिन बेलसोततर्फ जाँदै गरेको अवस्थामा बसबाट थापा खसेका थिए । उनको शरीरको विभिन्न भागमा चोटपटक लागेको जनाइएको छ । 

घाइते अवस्थामा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

बस र चालक कटारी नगरपालिका–२ का ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । 

यता मृतकका आफन्तले भने शव बुझेका छैनन् । सोही विषयमा कटारी अस्पतालमा मृतकका आफन्त र अस्पताल प्रशासनबिच विवाद समेत भएको जनाइएको छ ।

View : 131

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved