विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
कराते प्रशिक्षक विमल पोखरेलसहित प्रशिक्षकको टोलीले तालिमको सहजीकरण गरेको थियो ।
विराटनगरको दिल्ली पब्लिक स्कुलमा भएको तालिममा ५५ छात्राहरूको सहभागिता थियो ।
माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष ललीता जाजूले छात्राहरूमा आत्मसुरक्षा सम्बन्धी चेतना, आत्मविश्वास र विपद् व्यवस्थापन क्षमताको विकास गर्न सो तालिम आयोजना गरिएको बताइन् ।
View : 380
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved