Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चलान पूर्जी काट्नदेखि क्युआर कोड स्क्यानसम्मलाई ट्राफिकले पायो ६४ थान मोबाइल

उद्‌घोष संवाददाता
२४ असार २०८२, मङ्गलवार

विराटनगर । ट्राफिक नियम उल्लङ्घनमा संलग्न रहेका सवारी साधनलाई नागरिक एपमार्फत कारवाहीका लागि चलान पूर्जी काट्न कोशी प्रदेश सरकारले ६४ थान एन्ड्रोइड मोबाइल ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठलाई ६४ थान मोबाइल फोन हस्तान्तरण गरेका छन् ।

मोबाइल फोनका माध्यमबाट ट्राफिक प्रहरीले सेवाग्राहीको लाइसेन्समा रहेको क्यूआर कोड स्क्यान गरी सवारी कारबाही गर्न सहज हुने जनाइएको छ ।

सार्वजनिक सवारीको डिजिटल टाइम कार्ड प्रयोग र लामो दूरीमा चल्ने सवारी साधनमा चालक परिवर्तन भए नभएको यकिन गर्न समेत मोबाइल फोनको प्रयोगबाट थप सहजता हुने जनाइएको छ ।

प्रविधिको प्रयोगले दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन अझ मद्दत पुग्ने प्रनाउ श्रेष्ठले बताए ।

View : 449

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved