सुनसरी : धनकुटाको पर्यटकीय क्षेत्र राजारानीमा प्रथम ज्ञानबहादुर–बुद्धिमाया लिम्बू स्मृति रारा अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ ।
फुटबल कार्यक्रमलाई भब्यता दिनको लागि खाद्य महोत्सव तथा साँंस्कृतिक साँझसमेत सञ्चालन गरिने आयोजक रारा भेट्रान क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
मंसिर ११ गतेदेखि सुरु हुने प्रतियोगितामा एक भारतीय टोलीसहित कोशी प्रदेशका ८ टोलीले प्रतिष्पर्धा गर्ने क्लबका अध्यक्ष बिजु राईले जानकारी दिए ।
कुल २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको उत्कृष्ट खेलाडी छनोट गरी नगद ५ हजार र बिधागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिने आयोजकको भनाइ छ । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई प्रति खेल १५ हजारका दरले तयारी खर्च समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, बुद्ध चेम्जोङ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल राजारानीमा प्रथम संस्करणको प्रतियोगितालाई आगामी बर्ष पनि निरन्तरता दिने संरक्षक चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बताए । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि गाउँपालिकाको तर्फबाट आर्थिक तथा भौतिक सहयोगका लागि प्रतिबद्ध रहेको लिम्बूको भनाइ छ ।
फुटबल प्रतियोगितालाई भब्यता प्रदान गर्नका साथै स्थानीयस्तरमा उत्पादित खाद्यान्नको प्रबर्द्धनका लागि खाद्य महोत्सवको समेत आयोजना गर्ने जनाइएको छ । सोही अवसरमा नेपालका हाल चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसँंगै नृत्य प्रतियोगता समेत सञ्चालन गरिने क्लबका अध्यक्ष राईले बताए ।
View : 375
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved