विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुत्त भएको चार महिनासम्म पनि बधाई खाँदै खादा लगाउन व्यस्त देखिएका छन् ।
तत्कालिन मुख्यमन्त्री केदार कार्कीलाई विस्थापित गर्दै उनी गत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुत्त भएका थिए । बुधबार नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरूले बधाई थापेका हुन् ।
एमाले समर्थित कर्मचारीहरूको टोलीले मुख्यमन्त्री कार्यालयमै पुगेर मुख्यमन्त्रीसहित अन्य मन्त्री र राज्यमन्त्रीलाई बधाइ दिएका थिए ।
‘प्रदेश सरकारको प्रभावकारिता र आवश्यकताबारे प्रश्न उठिरहेका बेला मन्त्रीहरू काम छोडेर बधाई थाप्नमै व्यस्त हुनु कसलाई के को धन्दा, घर ज्वाँईलाई खानकै धन्दा भने जस्तो भयो,’ एक पूर्व कर्मचारीले भने ।
View : 172
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved