Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर जेसिसको ‘जेसिज सप्ताह’ आजदेखि

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८२, आइतवार

विराटनगर । विराटनगर जेसिसले ‘जेसिस सप्ताह’ गर्ने घोषणा गरेको छ । आइतबारदेखि एक सातासम्म जेसिस सप्ताह सञ्चालन हुने जनाइएको छ । 

जेसिस सप्ताहको उद्घाटनका अवसरमा आइतबार सञ्चारकर्मीहरूसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिने कार्यक्रम संयोजक एवं कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले बताए ।

जेसिस सप्ताहका अवसरमा जेसी वाल सदन माविमा दन्त परीक्षण, बाल सुधार गृहमा मायाको कोसेली वितरण, विराट बहिरा माविमा चित्रकला, नोवेल मेडिकल कलेजमा सडकमा सुरक्षित यात्रा सम्बन्धि ‘रिफ्लेक्टस लाइट’ वितरण कार्यक्रम राखिएको जनाइएको छ ।

सोही अवसरमा विराटनगर जेसिज सचिवालयमा कौसी खेती तालिम गरिने जनाइएको छ । 

जेसीज सप्ताह समापन भने विराटनगरस्थित होटल स्वागतममा दुई युवालाई सम्मान लगायतका कार्यक्रमका साथ गरिने विराटनगर जेसिसका अध्यक्ष प्रितेशराज दाहालले जानकारी दिए ।

View : 300

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved