विराटनगर । लायन्स क्लव विराटनगर सोसलका कार्यसमितिको पपथ तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ सी बाट स्वीकृत लायन्स क्लब अफ विराटनगर सोसलका नयाँ सदस्यहरुको शपथग्रहण तथा कार्य समिति सदस्यहरूको शुक्रबार पदस्थापन गरिएको हो ।
लायन्स क्लव विराटनगर सेन्ट्रलका पुर्व अध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ सी का पुर्व गभर्नर लीला ढुंगेलको अध्यक्षतामा लायन्स क्लव सोसल गठन भएको हो ।
क्लवमा विभिन्न पेशा तथा व्यवसाय गरिरहेका २९ जना आवद्ध छन् ।
लायन्स क्लव विराटनगर डिस्ट्रिक्टका प्रथम भाइस डिस्ट्रिक्ट गर्भनर लीलाप्रसाद चिमरियाले उनीहरूलाई सपथ तथा पदस्थापना गराएका हुन् ।
लायन्स क्लब नेपालका पुर्व अन्तर्राष्ट्रिय निर्देशक तथा संवैधानिक क्षेत्रका नेता लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा लायन्सका विभिन्न पदाधिकारी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा लायन्स क्लव विराटनगर सेन्ट्रलका पदाधिकारीहरू तथा सामाजिक क्षेत्रका व्यक्तिहरू समेत उपस्थित रहेको जनाइएको छ ।
View : 526
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved