विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रपति रामचन्ऽ पौडेललाई प्रदेश सरकारलाई काम गर्न दिन संविधानको कार्यान्वयनका लागि चासो राखीदिन आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई सम्मान तथा राष्ट्रपति पौडेललाई अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार नदिए संसद र सरकारबाट अधिकार प्राप्तिका लागि समन्वय र संघर्ष गर्ने बताए ।
उनले उद्योगी व्यवसायीलाई छुट्टै रूपमा हेर्ने प्रवृतिमा परिवर्तन ल्याए मात्रै उद्योगी व्यवसायीको संरक्षण, अर्थतन्त्रमा योगदान र देश समृद्ध हुने बताएका छन् ।
उनले उद्योगी व्यवसायी छुट्टै नभई राज्यको नै अंग भएको स्विकारेर त्यहीअनुसार राज्यले व्यवहार गर्नु अपरिहार्य रहेको बताए ।
‘उद्योग, व्यवसाय क्षेक्रको संरक्षण र देशको समृद्धिका लागि दक्ष जनशत्ति निर्माण गरेर मानवीय विकासमा प्रदेश सरकार लागिसकेको छ ।
‘नेपाली जनताको आवश्यक्ता र अपरिहार्यता राष्ट्रपति ज्यूले बुझ्नुभएको छ’ उनले भने, ‘त्यसैले जनताको रगतले लेखिएको संविधानको सफल कार्यान्वयनमा चासो राखिदिनु होस् ।’
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आाच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताए ।
उनले संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने बताएका थिए ।
सोही अवसरमा विराटनगरका उद्योगी, व्यवसायी लगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका थिए ।
View : 213
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved