विराटनगर । घनश्याम भुसाल केन्द्रीय कार्यवाहक अध्यक्ष रहेको नेपाल कम्यूनिष्ट पार्टी (संयुक्त) ले कोशी प्रदेशबाट आगामी प्रतिनिधि सभाको समानुपातिक सूचीमा १८ जनाको सिफारिस गरेको छ ।
संयुक्तका कोशी प्रदेश संयोजक महेश रेग्मीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीका तर्फबाट सवै क्षेत्र समेटेर समानुपातिक सूचीका लागि नाम सिफारिस गरिएको जानकारी दिए ।
समानुपातिक तर्फको ११० सिटका लागि कोशीबाट १८ जना सिफारिस गरिएको उनले बताए ।
समानुपातिक सूचीमा सिफारिस हुनेहरूमा मुस्लिमबाट जावेद हेदर, थारुबाट रातो कुमारी राजधामी, मधेसीबाट शम्भु साह सुडी, रामचन्द्र मटियत र अनिता कुमारी मण्डल, खस आर्यबाट धर्मराज निरौला, सिएम सापकोटा, भीम बहादुर बस्नेत (क्षेत्री), श्री प्रसाद मिश्र, शुसिला तिवारी र राधिका नेपाल रहेका छन् ।
त्यसैगरी आदिवासी जनजातीबाट टेकरत्न चेम्जोङ, आमोद श्रेष्ठ, पोलाहाङ साम्सोहाङ र शुसिला राई र दलितबाट तिलक परियार, भीम विश्वकर्मा र गिता देवी विश्वकर्माको नाम सिफारिस गरिएको जनाइएको छ । नाम सिफारिस गर्दा सवै क्षेत्र, भुगोल र जातीय क्लष्टर मिलाएर गरिएको संयोजक रेग्मीले बताए ।
कार्यवाहक अध्यक्ष भुसालको उपस्थितिमा विराटनगरमा भएको बैठकले रेग्मीको संयोजकत्वमा गठन भएको ९७ सदस्यीय कोशी प्रदेश कमिटीलाई समेत अनुमोदन गरेको जनाइएको छ ।
बैठकले पुस मसान्तभित्र कोशीका सवै जिल्लामा कमिटी कमिटी गठन र माघ १५ भित्र जनसंगठनहरूको प्रदेश र जिल्ला कमिटी निर्माण गर्ने निर्णय गरेको रेग्मीले बताए । सोही बैठकले भीम बहादुर बस्नेत (क्षेत्री) को संयोजकत्वमा ५१ सदस्यीय मोरङ जिल्ला कमिटी समेत गठन गरेको जनाइएको छ ।
View : 1216
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved