Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

उद्घोष सम्वाददाता
२३ साउन २०८१, बुधवार

काठमाडौँ, २३ साउन । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार उच्च अङ्कको सुधार देखिएको छ । 

नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो । आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । 

तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ । 

बैंकिङ दुई दशमलव ३२, विकास बैंक चार दशमलव ५१, वित्त सात दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी तीन दशमलव ८९ र जीवन बीमा तीन दशमलव ९७ प्रतिशतले बढेको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा तीनवटा कम्पनीको मात्रै घटेको छ । 
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स्योरेन्स लिमिटेडको एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ । रासस

View : 130

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved