विराटनगर । कोशी प्रदेश सरकारले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक कानुन निर्माणमा जोड दिने भएको छ ।
२७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री रेवतीरमण भण्डारीले भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि कार्यान्वयनमा नआएका कानुनलाई संशोधनमार्फत कार्यान्वयनमा लगिने समेत बताए ।
प्रदेश सरकार भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि प्रतिबद्ध छ’ मन्त्री भण्डारीले भने, ‘पुराना कानुनलाई सच्याउनु पर्ने भए सच्याउन तयार छ, नयाँ कानुन बनाउनु पर्ने भए पनि तयार छ ।’
कार्यक्रममा भूकम्पविद् रामप्रसाद दाहालले नेपालमा १९९० माघ २ गते गएको भूकम्पको स्मरणमा भूकम्प दिवस मनाउन थालिएको बताए । उनले नेपाल विश्वभरमा भूकम्प गई रहने ११ औं देश रहेको बताए ।
भूकम्पबाट हुने क्षति न्यूनीकरणका भवन तथा अन्य पूर्वाधार निर्माणका लागि बलियो कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
भूकम्पीय सुरक्षा मापदण्ड अनुसारको संरचना निर्माणका लागि भवन संहिताको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साहले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले भूकम्पीय सुरक्षाबाट बच्नका लागि सरकारले सचेतनामुलक कार्यक्रमका साथै उद्धार र राहतका लागि आवश्यक तयारी गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूको उल्लेख उपस्थिति भए पनि सरोकारवाला मन्त्रालयबाट भने उपस्थिति न्यून रहेको थियो ।
View : 321
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved