Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एनसेलको मनसुन अफर : प्याक वा नयाँ सिम खरिदमा क्यासब्याक

उद्‌घोष संवाददाता
२१ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर । एनसेलले आफना प्रिपेड ग्राहकका लागि मनसुन अफर सार्वजनिक गर्दै योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक प्रदान गर्ने घोषणा गरेको छ ।

अफरअन्तर्गत ग्राहकले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गरेपछि रिवार्ड पुष्टि गर्ने एसएमएस प्राप्त गर्नेछन् । 

त्यसपछि क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ, जसलाई २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ । प्राप्त क्यासब्याक भने एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था छ ।

कम्पनीका अनुसार रु. ५०–९९ सम्मको प्याकमा ५ प्रतिशत, रु. १००–२०० सम्ममा १० प्रतिशत, रु. २०१–४९९ सम्ममा १५ प्रतिशत र रु. ५०० वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले यस अभियानले ग्राहकलाई थप मूल्य प्रदान गर्नुका साथै एनसेल एपमार्फत उपलब्ध हुने विभिन्न डिजिटल सुविधा र साझेदारी सेवाको उपयोग बढाउने विश्वास व्यक्त गरेका छन् । 

एनसेलका अनुसार यो सीमित अवधिको अफर प्रिपेड ग्राहकहरूका लागि मात्र लागू हुनेछ र क्यासब्याक नगदमा रूपान्तरण वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न मिल्ने छैन ।

View : 32

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved