Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

राष्ट्रसेवक जेष्ठ नागरिक समाजद्वारा चार सम्मानित

उद्‌घोष संवाददाता
५ पुष २०८२, शनिवार

Advertisement

विराटनगर । राष्ट्रसेवक जेष्ठ नागरिक समाज विराटनगरको आठौं वार्षिक साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका चार जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा गोविन्दबल्लभ–कविता चापागाईं सम्मान पुरस्कारबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका सल्लाहकार दिनेशराज सुवेदी सम्मानित भए ।

यसैगरी न्यौपाने ज्येष्ठ नागरिक सम्मान पुरस्कारबाट ज्ञानी श्रेष्ठ, नारदमुनि–हरिमाया स्मृति नागरिक सम्मान पुरस्कारबाट सावित्रा लामिछाने र संस्थाको आजीवन सदस्यहरू मध्ये ज्येष्ठ सदस्य तुलसीराम श्रेष्ठलाई सम्मान गरियो ।

सम्मानित व्यक्तित्वहरूलाई समाजका अध्यक्ष पितृभक्त पोखरेल र प्रमुख अतिथि राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेले सयपत्री फूलको माला साथै दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे ।

प्रमुख अतिथि जीवन काफ्लेले आफ्नो मन्तव्यमा राष्ट्रसेवक ज्येष्ठ नागरिकले आफूले सिकेको ज्ञान अवकाशपछिको समयमा सिर्जनशील कार्यमा लगाई समाज रुपान्तरणमा योगदान दिनुपर्ने बताउँदै राष्ट्रसेवक जेष्ठ नागरिक समाजले यो कार्यमा अग्रसर रहनु महत्वपूर्ण रहेको जनाए ।

कार्यक्रममा समाजका अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०८१–८२ को ९ लाख ४२ हजार ५७५ रुपैयाँको आयव्यय विवरण र आव २०८२–८३ को ६८ हजार ५६५ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए । यसरी समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै संस्थाले समाजसेवामा अग्रसर रहने संकल्प दोहोर्‍याएको छ ।

View : 605

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved