Biratnagar, Morang, Nepal
२४ फागुन २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा तीन सिट जित्ने सुनिश्चित गरेको श्रम संस्कृति पार्टीले खोटाङमा खोल्यो खाता

उद्‌घोष संवाददाता
२४ फागुन २०८२, आइतवार

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खोटाङबाट खाता खोलेको छ । 

मतगणनाको सुरुवातीदेखि नै अग्रता कायम गरेका आरेन राई निर्वाचित भएका छन् । 

उनले १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् ।

नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत पाएका छन् । 

नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत मात्रै पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रुद्र गिरीले पनि ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

खोटाङको जितसँगै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उत्साहित भएका छन् । साम्पाङ आफैंले पनि सुनसरी–१ मा फराकिलो अग्रताका साथ जित उन्मुख छन् । 

त्यस्तै भोजपुरमा पनि श्रम संस्कृतिकै उम्मेदवार ध्रुवराज राईले पनि नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका शेरधन राईसँगको अग्रता बढाइरहेका छन् ।

View : 52

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved