एमाले महाधिवेशन प्रतिनिधि निर्वाचन
विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्र र एक दलित क्षेत्रबाट ४६ जना महाधिवेशन प्रतिनिधि चुन्नका लागि भएको निर्वाचनको अन्तिम मत परिणामले ओली पक्षलाई नै बलियो देखाएको छ ।
मोरङका सवै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक हुँदा जिल्लामा विनोद ढकालले नेतृत्व गरिरहेको नेता विद्यादेवी भण्डारी–ईश्वर पोखरेल पक्षमा २० जना मात्रै निर्वाचित भएका छन् ।
२५ जना महाधिवेशन प्रतिनिधि भने पार्टी अध्यक्ष केपी शर्माकै पक्षका निर्वाचित भएका हुन् । दुवै पक्षले साझा महाधिवेशन प्रतिनिधिका रुपमा क्षेत्र नम्बर ४ बाट गुणावती धामी निर्वाचित गरेका छन् ।
भण्डारी–पोखरेल पक्षले बलियो मानेको मोरङमा अपेक्षित रुपमा परिणाम आउन नसकेको उनीहरू पक्षका एमाले कार्यकर्ताहरूले नै स्वीकार गरेका छन् । विशेष गरी क्षेत्र नम्बर ४ मा अनपेक्षित परिणाम आएको उनीहरूको ठम्याइ छ ।
मोरङ–१ मा निर्वाचित डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्बू, उर्गेन तामाङ, शान्तिकुमारी लिम्बू, मेनु पाण्डे र सरला राई निर्वाचित भएका छन् । उनीहरू सवै अध्यक्षका लागि केपी ओली पक्षमा रहेको जनाइएको छ ।
क्षेत्र नं. २ निर्वाचित ऋषिकेश पोखरेल, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर, रामजना अधिकारी ओली पक्षबाट निर्वाचित भए । लिलाबल्लभ अधिकारी र गीतादेवी बानियाँ कार्की ढकाल पक्षबाट निर्वाचित भएका हुन् ।
क्षेत्र नं. ३ मा ढकाल पक्षले बलियो परिणाम प्राप्त गरेको दाबी गरेको छ । आइतबार अपरान्ह सम्पन्न भएको मतपरिणाम अनुसार इरन राई, भोला अधिकारी, ज्ञानेन्द्र सुवेदी, धनमाया तामाङ र निरजकुमार पोखरेल पक्षबाट निर्वाचित भएका छन् ।
ओली पक्षबाट भूपाल श्रेष्ठ, राजकुमार ओझा, यमुना विष्ट र सीता तामाङ निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ४ बाट ओली पक्षका नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विमला घिमिरे र राम पोखरेल निर्वाचित भएका छन् । भण्डारी–पोखरेल समूहमा खुलेका महेश भट्टराई मात्रै क्षेत्र नम्बर ४ मा निर्वाचित भएका हुन् ।
सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको क्षेत्र नं. ५ दिलिप बगडिया र शान्ता डंगोल ओली पक्षबाट निर्वाचित भएका छन् । ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा, मो.हमिद आजाद भण्डारी–पोखरेल पक्षबाट सर्वसम्मत भएका हुन् ।
त्यसैगरी गरी क्षेत्र नम्बर ६ मा निर्वाचित भएका सवै प्रतिनिधि भण्डारी–पोखरेल पक्षका हुन् । ६ मा रमेशप्रसाद पोखरेल, पीतकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका छन् ।
जिल्लाभरीको दलित निर्वाचन क्षेत्रबाट भने ओली पक्षका किशोर विक र रिङ्कु परियार तथा भण्डारी–पोखरेल पक्षबाट खेम नेपाली निर्वाचित भएको जनाइएको छ ।
एमालेमा मोरङ जिल्लाभरी समूहगत रुपमै प्रतिष्पर्धा भएको थियो । क्षेत्र नम्बर ६ मा प्रतिनिधि चयनका क्रममा ओली पक्षमा रहेका महानगर इञ्चार्ज पर्शुराम बस्नेत र भण्डारी–पोखरेल पक्षका कार्यकर्ताहरूबीच धकेलाधकेल समेत भएको थियो ।
View : 278
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved