विराटनगर । मोरङको धनपालथान गाउँपालिकाका धार्मिक तथा शैक्षिक संस्थाहरूको अध्ययन सम्बन्धि पुस्तक सार्वजनिक गरिएको छ ।
धनपालथानका सातैवटा वडामा रहेका धार्मिक मठमन्दिर, मस्जिद र शिक्षण संस्थाको बारेमा अध्ययन गरी पुस्तकमा समावेश गरिएको थियो ।
उक्त पुस्तकको धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछप्रसाद गच्छदार, उपाध्यक्ष नसिमा वानो र प्रमुख प्रशासकीय अधिकृत रिता खतिवडाले बुधबार संयुक्त रूपमा विमोचन गरेका छन् ।
अग्रज पत्रकार यज्ञप्रसाद शर्माको संयोजकत्वमा वरिष्ठ अधिवक्ता प्राडा रामलाल सुतिहार र क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका संयोजक वीरेन्द्र शर्मा सम्मिलित विज्ञ टोलीले पुस्तकको सम्पादन गरेको जनाइएको छ ।
त्यस्तै पत्रकारहरू श्यामसुन्दर सुतिहार, पदम सरदार र उषा मण्डलले पुस्तकका लागि सामग्री संकलन गरेका हुन् । पुस्तकको प्रकाशन प्रकाश इन्भेष्टमेन्ट प्रालि विराटनगरले गरेको जनाइएको छ ।
View : 470
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved