विराटनगर : विराटनगरका पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठ भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन् । दिल्लीमा यसै हप्तामा आयोजित अन्तर्राष्ट्रिय मानवअधिकार अधिवेशनमा श्रेष्ठ सम्मानित भएका हुन् ।
सो सम्मेलनमा क्रस बोर्डर र मानवअधिकारका विषयमा दुवै देशका पर्यटकलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । सो अवसरमा भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न निम्ता दिएको व्यवसायी श्रेष्ठले बताए ।
View : 221
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved