कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १६८ रनको योगफल बनाएको थियो ।
लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा ४ छक्का र १ चौका प्रहार गरि ४८ रन बनाउँदा कप्तान देव खनालले २३ बलमा २ छक्का र ६ चौका प्रहार गरि ४५ रन जोडे । त्यस्तै दिलसाद अलीले ३१ रनको योगदान दिए ।
सुदुरपश्चिमका नरेन साउदले २ विकेट लिँदा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले समान १–१ विकेट लिएका थिए ।
१६९ रनको लक्ष्य पाएको सुदुरपश्चिमले १७ दशमलव १ बलमा सवै विकेट गुमाउँदै १११ रनमा सिमित भयो ।
सुदुरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अविशेक पलले १८ रनको योगदान दिए । लुम्बिनीका लागि म्यान अफ द म्याच निर्मल गुरुङले ३ विकेट लिँदा विर मगर र राहुल चौहानले २–२ विकेट लिए ।
दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ३ विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९० रन बनाएको थियो ।
मधेशका प्रदिप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन, अरनिको यादवले ११ र राजेश यादवले नटआउट ११ रनका लागि खेले । कर्णालीका म्यान अफ द म्याच दिवान पुनले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए ।
९१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव ४ बलमा ७ विकेट क्षति व्यहोरेर लक्ष्य भेट्यो । कर्णालीका लागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरी सार्वधिक ३४ रन बनाए । त्यस्तै अर्जुन घर्तीले १४ रन र रविन्द्र शाहीले १२ रनको योगदान दिए । मधेशका रन्जित कुमारले ३ विकेट लिँदा हरिशंकर साहले २ विकेट लिए ।
बिहिबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल कोशी र मधेश प्रदेशबिच हुने जनाइएको छ ।
View : 157
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved